२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

दुई लाख २३ हजार नगदसहित ५ जुवाडे पक्राउ

फाइल तस्बिर ।

कैलालीमा २ लाख २३ हजार नगदसहित पाँचजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट मंगलबार राति नगदसहित उनीहरुलाई जुवाखालबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गौरीगंगा–६ का भक्तबहादुर शाही, रामबहादुर साउद, डम्बर शाही, रङ्ग शाही र वीरबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।