२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बुटवलकी कोरोना संक्रमित महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका–१४ की ७१ वर्षीया महिला रहेकी छन् ।

गत कात्तिक ६ गते पीसीआर परीक्षण गर्दा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएकी उनको बुधवार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

उनी दीर्घरोगी रहेको र उनमा श्वासप्रश्वासको समस्या रहेको डा गौतमले जनाए ।