२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

दाङमा आफ्नै भैंसीले हानेर एक महिलाको मृत्यु

सांकेतिक तस्वीर ।

दाङमा भैंसीले हानेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्लाको गढवा गाउँपालिका वडा नं. ६ बालापुर निवासी ५२ बर्षीया राधा यादवको उपचारका क्रममा मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक राजकुमार भट्टका अनुसार यादवलाई उनकै भैंसीले मंगलवार बेलुका ६ बजेतिर चराएर घर फर्किने क्रममा हानेको थियो ।

उनको लमही अस्पतालमा पुर्याएको केही बेरमै मृत्यु भएको थियो । यादवको अनुहार र टाउको लगाएतमा भैंसीले हान्दा घाउ लागेको थियो ।