२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भालुवाङमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने भएको छ ।

राप्ती गाउँपालिकामा उक्त कार्यालय स्थापना गर्ने तयारी रहेको छ । दशैलगतै उक्त कार्यालय स्थापना हुने यस अघि नै तयारी रहेको भन्दै अबको केही दिनमा कार्यालय स्थापना हुने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

प्रदेश राजधानी भएपछि पहिलो कार्यालयका रुपमा स्थापना हुन लागेको हो । प्रदेशको स्थायी राजधानीको दीर्घकालीन योजना तयार पार्नका लागि उक्त कार्यालय स्थापना गर्न लागिएको हो ।