२०८१ कार्तिक १८ गते आइतवार
२०८१ कार्तिक १८ गते आइतवार

आइपिएल : मुम्बई इन्डियन्स प्लेअफमा प्रवेश

आइपिएलमा मुम्बई इन्डियन्स प्लेअफमा प्रवेश गरेको छ।

बुधबार राति अबुधाबीमा भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५ विकेटले पराजित गरेर मुम्बईले अन्तिम चारमा स्थान पक्का गरेको हो।

पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १६४ रन जोड्यो। उसका लागि देवदुत पडिकलले सबैभन्दा बढी ७४ रन जोडे। जोस फिलिप्सले ३३ रनको योगदान दिए। बलिङमा मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राखेर १४ रन मात्र दिए।

१६५ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १९.१ ‌ओभरमा पूरा गर्‍यो। मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट ७९ रन जोडे। प्लेयर अफ दि म्याच भएका उनले ४३ बलमा १० चौका र ३ छक्का प्रहार गरे।

त्यसअघि ओपनरद्वय क्वान्टन डी ककले १८ रन र इशान किसनले २५ रनको योगदान दिए। बलिङमा बेंग्लोरका मोहमद सिराज र युजेभेन्द्र चाहलले २–२ विकेट लिए।

जितसँगै शीर्ष टिम मुम्बईले १२ खेलबाट १६ अंक जोडेको छ। दोस्रो स्थानको बेंग्लोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सको समान १२ खेलबाट समान १४–१४ अंक छ।