२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

चरकमटियामा कार्तिक २१ गते देखि फुटबल प्रतियोगिता हुने

पश्चिमदाङको बबई गाउँपालिका वडा नं. –७ चरकमटियामा दिपावलीको अवसरमा फुटबल प्रतियोगिता हुने भएको छ ।

सक्रिय युवा क्लवको आयोजनामा दिपावलीको अवसर पारेर आगामी कार्तिक २१ गते देखि फुटबल प्रतियोगिता हुन लागेको हो ।

पश्चिमदाङका ३ वटा गाउँपालिका बबई, शान्तिनर र दंगिशरणका युवा खेलाडिहरुलाई समेटेर फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको क्लवका अध्यक्ष पूर्ण पंकज पुनले जानकारी दिए । प्रतियोगिताका लागि प्रथम पुरस्कार रु ३३,३३३ नगद, प्रमाण पत्र र मेडल र द्धितिय पुरस्कार रु १६,६६६ नगद, प्रमाण पत्र र मेडल रहेको अध्यक्ष पुनले बताए ।

खेल फिफाको नियमानुसार खेलाइने छ ।

आगामी कार्तिक २१ गते देखि सञ्चालन हुन लागेको फुटबल प्रतियोगिताका लागि इच्छुक बबई, शान्तिनर र दंगिशरणका क्लव, समूह, टोल लगायत सबैलाई कार्तिक २० गते सम्म टिम दर्ता गराउन खेलका संयोजक जित वहादुर बस्नेतले आग्रह गरेका छन् ।