२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपालगन्जबाट २९ लाख नगदसहित १० जुवाडे पक्राउ

फाइल तस्बिर ।

बाँकेको नेपालगन्ज बसपार्क नजिकबाट गएराती करिब २९ लाख नगद सहित १० जुवाडे पक्राउ परेका छन् ।

बाँके प्रहरीले सुचनाको आधारमा छापामार्दा नगद करिब २९ लाख सहित १० जना जुवाडे नेपालगन्ज बसपार्क नजिकबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शुवास खड्काले जानकारी दिएका छन् ।

बाँके प्रहरीले सुचनाको आधारमा छापा मार्दा नगद करिब २९ लाख सहित १० जना जुवाडे नेपालगन्ज बसपार्क नजिकबाट पक्राउ परेका हुन्, पक्राउ पर्नेमा मेघाश्री कम्पनीका मालिक सन्तोष ओलि, रहमान मिया, तरुण गौतम, सुदिप राणा लगायतका १० जना पक्राउ परेका छन ।