२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

दाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

सांकेतिक तस्वीर ।

नेपालगन्ज कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका दाङका ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताए । ती पुरुषको बिहीबार दिउँसो ३:५० बजे मृत्यु भएको हो ।

कात्तिक ९ गते उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएका उनलाई कात्तिक १० गते कोरोना पुष्टि भएको थियो ।

हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका १७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ भने बाँकेमा ३० जनाको मृत्यु भएको छ ।