२०७७ मङ्सिर २० गते शनिवार
२०७७ मङ्सिर २० गते शनिवार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई २ सय बेडको स्वीकृत

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले २ सय बेडको स्वीकृत पाएको छ ।

सचिव स्तरीय निर्णयबाट तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडको स्वीकृत प्रदान गरिएको छ । यस अघि ५० बेडको स्वीकृत भएपछि ९५ बेडमा संचालन हुँदै आएको अस्पतालको स्तर वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ भदौ ११ को सचिव स्तरीय बैठकले निर्णय गरेपनि कार्यान्वयनका लागि भने बिहिबार मात्र जानकारी गराइएको थियो । अस्पताल व्यवस्थापन संचालनका लागि १० करोड ५ लाख समेत बजेट विनियोजन भएको छ । यसका लागि लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले सम्बन्धित अस्पतालहरुलाई कार्यान्वयनका लागि परिपत्र समेत गरिसकेको छ ।

२०७७/७८ को नीति तथा कार्यक्रम अनुसार साविका जिल्ला अस्पतालाई २५ देखि ५० बेड र अंचल अस्पतालाई २ सय बेडको जनरल अस्पतालका रुपमा स्त्तरोन्नती गराउने कार्यक्रम अनुसार राप्ती प्रादेशिक अस्पताल सहित ९ वटा अस्पतालको स्तर वृद्धि गरिएको हो ।

जस अन्तर्गत रोल्पाको रोल्पा अस्पतालाई १५ बाट ५० ,रुकुम पूर्व अस्पताललाई १० बाट २५ , प्युठान अस्पतालाई ३० बाट ५० ,अर्घखाँची अस्पताललाई ३८ बाट ५० , गुल्मी अस्पताललाई ३० बाट ५०, पाल्पा अस्पतालाई १५ बाट ५० , कपिलवस्तु अस्पतालाई ३६ बाट ५० , पृथ्वीचन्द्र अस्पताल नवलपरासीलाई पनि ५० बेडको बनाएर स्तर वृद्धि गरिएको छ ।