२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

शान्तिनगरमा प्रमुख प्रशासकिय अधिकृत डाँगीलाई स्वागत

शान्तिनगर गाउँपालिकामा भर्खर सरुवा भई आउनु भएका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीलाई स्वागत गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत डाँगीलाई गाउँपालिकाका अध्यक्ष कमानसिं डाँगीलगायतको टिमले स्वागत गरेको हो । गत असोज २६ गते गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा नरबहादुर विक सरुवा भएर बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएपछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन हुँदै आएको थियो ।

सरुवा भई आउनु भएका प्रमुख प्रशासकिय अधिकृत डाँगी यसअघि राजपुर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत थिए ।