२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

गम्भीर विरामी भएपछि महराकी श्रीमतीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महिरा एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ ।

एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं लगिए्को हो ।

सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि हेलिकोप्टर मार्फट काठमाडौं लैजानु परेको जानकारी दिइएको छ ।

महरा गत निर्वाचनमा दाङको क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनी दाङमा आउँदा छोराको घरमा बस्दै आएका छन् ।