२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

देविपुरमा २५ गतेदेखि खसीकप खुल्ला फुटबल प्रतियोगिता हुने

पश्चिम दाङको शान्तिनगर – ६ देविपुरमा खसीकप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

दिपावलीको अवसर पारेर आगामी कार्तिक २५ गते देखि खसीकप खुल्ला फुटबल प्रतियोगिता हुन लागेको खेल आयोजक भागिराम रावतले जानकारी दिए ।
खेलप्रेमी युवा खेलाडिहरुलाई एकजुट बनाएर मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको रावतले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई खसी र प्रमाण रहेको छ भने द्धितिय हुनेलाई पनि खसी र प्रमाण रहेको छ । खेल फिफाको नियमानुसार खेलाइने छ ।

आगामी कार्तिक २५ गते देखि सञ्चालन हुन लागेको फुटबल प्रतियोगिताका लागि इच्छुक क्लव, समूह, टोल लगायत सबैलाई कार्तिक २४ गते सम्म टिम दर्ता गराउन कार्यक्रम संयोजक लाल बहादुर बुढाथोकीले आग्रह गरेका छन् ।