२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्मा एक सातादेखि आइसियूमा

कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा एक सातादेखि आइसियूमा छन्।

पछिल्लो तीन दिनदेखि ग्राण्डी अस्पतालको आइसियूमा राखेर उनको उपचार भइरहेको हो। यसअघि तीन दिन उनी अर्कै अस्पतालमा थिए।

उनको फोक्सोमा निमोनिया भएको जानकारी चिकित्सकहरूले दिएको उनले बताए। गत कात्तिक १ गते उनमा कोरोना देखिएको थियो। कोरोना पुष्टि भएपछि केही दिन उनी होम आइसोलेसन बसेका थिए।

अस्पतालले आफूहरूलाई बिरामीको अवस्थाबारे जानकारीसमेत नदिएको आफन्तले गुनासो गरे।