समुदाय स्तरमा छिटफुट रुपमा कोरोना भाईरस संक्रमण देखिएको भन्दै गत असोज २४ गतेदेखि बन्द भएका दाङको बबईका विद्यालय कार्तिक १६ गते बाट विद्यार्थी शिक्षण सिकाइ क्रियाकलाप सुरु हुने भएको छ ।
विद्यार्थी, शिक्षक र अभिभावको माग र चाहना अनुसार बबईमा कार्तिक १६ गते आईतवारबाट शिक्षण सिकाइ क्रियाकलाप सुरु गर्न लागेको शिक्षा शाखाले आज एक सुचना जारी गरेको छ ।