२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

ट्रयाक्टर दुर्घटना हुँदा २४ वर्षीय सहचालकको मृत्यु

सांकेतिक तस्वीर ।

सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो।

जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ।