२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

लमहीका विद्यालय १ गतेसम्म बन्द, घोराहीमा भोलिदेखि सञ्चालन

लमही नगरपालिका भित्रका सबै बिद्यालयहरु मंसिर १ गते सम्मका लागि बन्द गरिएको लमही नगर पालिकाले जनाएको छ ।

कोभिड १९ को संक्रमण बढ्दै गइरहेको र जोखिम पनि उतिकै रहको भन्दै बिद्यालयहरु मंसिर १ गते सम्म स्थगन हुने भएका हुन । लमही नगरपालिकाको शिक्षा समितिको आज शनिबार बसेको बैंककले यस्तो निर्णय गरिएको हो ।

यस अघि बिजया दशमीको अबसरमा कार्तिक १५ गते सम्म सम्पुर्ण बिद्यालयहरुको पठनपाठन स्थगन गर्ने र १६ गते देखि सबै बिद्यालयहरु संचालन गर्न लमहि नगर पालिकाले निर्देशन दिएको थियो ।

घोराहीमा विद्यालयहरु भोलिदेखि सञ्चालन :
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बन्द भएका घोराहीका विद्यालयहरु कार्तिक १६ गते आइतवारदेखि खुल्ने भएका छन् ।

जिल्लामा कोरोना संक्रमितसँगै मृत्युको संख्यासमेत बढ्न थालेपछि घोराही उपमहानगरपालिकाले असोजको २५ गतेदेखि कार्तिकको १५ गतेसम्मलाई पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

घोराही उपमहानगरपालिका शिक्षा समितिको पहिलेकै निर्णय अनुसार कार्तिक १६ गते आइतवारदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयहरु सञ्चालनमा आउने घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले गोरक्षलाई जानकारी दिएका छन् ।

उनले सम्पूर्ण विद्यालयहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालयहरु सञ्चालन गर्न सक्ने समेत बताए ।

त्यसैगरी अन्य पालिकाहरुमा पनि विद्यालय सञ्चालनको तयारी गरिएको छ ।