२०७८ भाद्र २१ गते सोमवार
२०७८ भाद्र २१ गते सोमवार

प्युठानका ५४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

प्युठानमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका ३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोखरेलले जानकारी दिए ।

निमोनिया रोगबाट ग्रसित उनको बुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो । रोगको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख पोखरेलले बताए ।

योसँगै प्युठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ