२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

दिल्लीविरुद्ध मुम्बईको शानदार जित

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सविरुद्ध सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले मुम्बईलाई जितका लागि दिएको १११ रनको सामान्य लक्ष्य मुम्बईले १४ ओभर २ बलमा १ विकेट गुमाउँदै १११ रन बनायो ।

मुम्बईका लागि इशन किशनले अर्धशतकीय पारी खेले । ७२ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ७२ रन बनाउन सफल भए । त्यस्तै क्विन्टन डीककले २६ रन बनाउँदा सुर्यकुमार यादवले १२ रनको योगदान गरे ।

बलिङतर्फ दिल्लीका लागि आन्रिच नोर्टजले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको थियो । दिल्लीका लागि शेयस औरले सर्वाधिक २५ रनको योगदान गरे ।

त्यस्तै रिशव पन्तले २१ रन बनाउँदा रविचन्द्र आश्विन र कगिसो रवाडाले समान १२–१२ रनको योगदान गरे । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्ट र जस्प्रित भुम्राहाले समान तीन–तीन विकेट लिए । त्यस्तै नाथन कोट्रेल र राहुल चहारले समान एक–एक विकेट हात पारे ।

आजको खेलमा जित निकाल्दै मुम्बईले आफूलाई शीर्ष स्थानमा कायम गरेको छ । यता पराजित दिल्लीलाई भने अघिल्लो चरणमा केही धक्का लागेको छ ।