२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

कोरोना संक्रमणबाट तुलसीपुरका ७० वर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

तुलसीपुर निवासी एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ७० पुरुषको शनिवार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको छ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएका थिए। १४ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। शनिबार प्राप्त रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै बाँके जिल्लामा हालसम्म बाँकेमा ४९ जना संक्रमितको मृत्यु भइसकेको छ।

जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १९ जना र बाँके जिल्लाका ३० जना रहेको जिल्ला फोकल पर्सन श्रेष्ठले जानकारी दिए।