२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

बर्दियामा बाघको आक्रमणबाट एक किसानको मृत्यु

फाइल तस्वीर ।

शनिबार बर्दियाको गेरुवा गाउँपालिका—४ राजीपुरका बाघको आक्रमणबाट एक किसानले ज्यान गुमाएका छन् ।

शनिबार साँझ करिब ६ बजे बाघले आक्रमण गर्दा सोही ठाउँका ६८ वर्षीय लहानु थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी योगेन्द्र खड्काले बताए ।

एउटा गाई नफर्केपछि झाडीमा खोज्न जाँदा थारु र गाईलाई बाघले आक्रमण गरेको थियो ।

बाघले ९ दिन यता थारु समेत चार जनाको ज्यान लिइ सकेको छ ।

बाघको आक्रमणमा परी मधुवन नगरपालिका कात्तिक ५ गते एक महिला र कात्तिक ११ गते दुई पुरुषको ज्यान गएको थियो ।