२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा करिब ४ लाख रकमसहित ५ जुवाडे पक्राउ

फाइल तस्बिर ।

दाङको घोराहीवाट करिब ४ लाख रकमसहित ५ जुवाडे पक्राउ परेका छन् ।

घोराहीको मसिनावाट गएराति ५ जुवाडे पक्राउ परेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनीहरुको साथवाट करिब ४ लाख रकम बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरु बारे अनुसन्धान जारी रहेको र उनीहरुलाई आजै सार्वजनिक गर्ने एक प्रहरी अधिकारीले बताए ।