२०७७ मङ्सिर ९ गते मङ्गलवार
२०७७ मङ्सिर ९ गते मङ्गलवार

लागु औषध सहित एक युवक पक्राउ

दाङ र बाँकेको सिमानामा लागु औषध सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम सानिभेरी गाउँपालिका ८ बस्ने २७ बर्षका चन्द्र प्रकाश वली रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बिशेष सुचनाको आधारमा सादा पोषाकमा खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण व्युरो नेपालगन्जबाट खटिएको सयुक्त टोलीले दाङ र बाँकेको सिमाना राप्तिसोनारी गाउँपालिका १ शिवखोला स्थित संकास्पद रुपमा बसीरहेका अवस्थामा फेला पारी उनको झोलामा चेकजाँच गर्दा तिन केजी लागु औषध (अफिम) बरामद गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका वली माथी आवश्यक अनुसन्धान भईरहेको प्रदेश प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।