२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

बुटवलका ५२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु

सांकेतिक तस्वीर ।

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ११ का ५२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।

जिल्लाका ७८ जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । कूल ६ हजार १ सय ८८ जना संक्रमित रहेका रुपन्देहीमा ४ हजार ६ सय १६ जना निको भएका छन् भने १४ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमितको औसत मृत्यु दर ०।९३ प्रतिशत रहेकामा रुपन्देहीमा भने १।२८ प्रतिशत छ ।