नेपाल प्रहरीमा पछिल्लो तीन वर्षमा ७ हजार ७ सय १४ जनाले जागिर छाडेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार दैनिक औसतमा ७ जनाले जागिर छाडेको देखिन्छ । सुरक्षा निकायमा तालिमप्राप्त जनशक्तिले बीचैमा जागिर छाड्नुलाई उपयुक्त मानिँदैन ।
जागिर छाड्नेमा हवल्दारको संख्या सबैभन्दा बढी पाइएको छ । सरकारी सेवामा प्रहरीमा जागिर छाड्नेको संख्या अन्य निकायभन्दा बढी देखिन्छ ।
बढ्दो निराशा, सेवा सुविधाको कमी, बढुवामा समान अवसर नपाउनु र जागिर छाडेर वैदेशिक रोजगारीमा राम्रो अवसर पाउनुले जागिर छाड्नेको संख्या बढेको प्रहरी अधिकारी दाबी गर्छन् ।