२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

थप २८२४ जनामा कोरोना पुष्टि, ३६२० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेका छन् ।

अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना रहेका छन् ।