२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका –३ बी गाउँका ४० वर्षीय पुरुषको शनिबार मृत्यु भएपनि कोरोना पुष्टि आइतबार मात्र भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनलाई शनिबार उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।