२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मदिरा सेवनपछि पैसा तिर्ने विषयमा विवाद : होटल सञ्‍चालकको हत्या

मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेको अभियोगमा रोल्पामा चार जना किशोर पक्राउ परेका छन् ।

रुन्टीगढी-२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै ती किशोरहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि कुटपिट गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।

वृद्धलाई गम्भीर घाइते बनाएर फरार भएका उनीहरुलाई घरगोठमा फेला पारिएको प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले बताए । थप अनुसन्धानका लागि कात्तिक १६ गते अदालतबाट म्याद थप गरिएको उनले बताए

साभार : कान्तिपुर