२०७७ मङ्सिर ९ गते मङ्गलवार
२०७७ मङ्सिर ९ गते मङ्गलवार

ब्रेक फेल भएर चौपट्टामा ट्रक दुर्घटना, एकको मृत्यु

फाइल तस्वीर ।

दाङमा ट्रक दुर्घटना परेर एक जनाको मृत्यु भएको छ ।

घोराही ३ चौपट्टा नजिकै भएको ट्रक दुर्घटनामा परेर ट्रक चालक नेपालगञ्ज निबासि प्रकाश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट बनेपा जाँदै गरेको ना ६ ख ६२० नम्बरको ट्रक बेलुका करिब ९ बजे दुर्घटनामा परेको प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र सेनले जानकारी दिए ।

ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको सेनले बताए ।