२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

कोरोना संक्रमणबाट तुलसीपुरका थप एक पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराउन गएका दाङका कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका–९ का ४८ वर्षीय पुरुषको आइतबार राति सवा ११ बजे मृत्यु भएको जानकारी दिए । फोकलपर्सन श्रेष्ठका अनुसार, स्वास्थ्यमा समस्या आएपछि ४८ वर्षीय पुरुष कात्तिक १० गते भेरी अस्पतालमा भर्ना भएका थिए । भोलिपल्ट उनमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले रोगको प्रकृति अनुसारको उपचार गरे पनि उनको आइतबार राति मृत्यु भएको फोकलपर्सन श्रेष्ठले बताए ।

बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।