डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।
आदर्श गाउँपालिका–१ बाँझककानी बस्ने ७५ वर्षकी कटी लुहारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गोठालो गएका बेला अरिङ्गालले टोकेर घाइते उहाँको मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि घरमा लगिएको थियो । उहाँको घरमै ज्यान गएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ ।
डोटीको सायल गाँउपालिकामा केहि दिन पहिले पनि एकै घरका दुई बालिकाको अरिङ्गालको टोकाइबाट ज्यान गएको थियो ।