२०७७ मङ्सिर २० गते शनिवार
२०७७ मङ्सिर २० गते शनिवार

बसले बसलाई ठक्कर दिदा यात्रु घाईते

दाङमा रोकि राखेको बसलाई अर्को बसले ठक्कर दिएको छ । तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत चौवाखोला नजिकै रोकी राखेको बसलाई पछाडीबाट आउदै गरेको अर्को बसले आज दिउँसो १ बजे ठक्कर दिदा केहि यात्रु घाईते भएका छन् ।

तुलसीपुर १८ चौवाखोला स्थित घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख ९२३ नम्वरको बसले यात्रु ओराल्न रोकीराखेको अर्को रा १ ख १६८२ नम्वरको बसलाई ठक्कर दिदा केहि यात्रु घाईते भएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

ठक्कर दिने बसको अगाडीको भागमा क्षति पुगेको छ भने अर्को बसको पछाडीको भागमा क्षति पुगेको हेमन्तपुर प्रहरी चौकीले जानकारी दिएको छ । दुवै बसलाई प्रहरी नियन्त्रणमा लिएको छ ।