२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्ने एक युवक पक्राउ

एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा काठमाण्डौको कालिमाटीबाट एकजना पक्राउ परेका छन् ।

गएराति काठमाण्डौको कुलेश्वरमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फोड्दै गरेको अवस्थामा कैलालीको टिकापुर नगरपालिका ९ का १७ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीवृत्त कालिमाटीमा राखेर थप अनुसन्धान भइरहेको छ ।