२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

शान्तिनगरको वडाले लियो भारत जानेलाई सिफारिस दिँदा प्रतिव्यक्ति ५ सय

दाङको शान्तिनगर गाउँपालिकाले रोजगारीको सिलसिलामा भारत जान खोज्नेलाई सिफारिस दिएवापत प्रतिव्यक्ति पाँच सयका दरले असुलेको छ।

रोजगारीका लागि भारतको गोवा जान सिफारिस बनाउन गएका स्थानीय २३ वर्षीय सुनिल खड्कासँग आइतबार गाउँपालिका अन्तर्गत वडा नं. २ को वडा कार्यालयले पाँच सय रुपैयाँ असुलेको हो।

खड्का भारतको होटेलमा कुकको काम गर्छन्। उनी दशैं मान्नका लागि घर आएका थिए। आफूसँगै रोजगारीका लागि भारत जान लागेका स्थानीय सतबहादुर पुन, आशिष खड्का, तेजबहादुर वली पनि सिफारिस लिन वडा कार्यालयमा गएको र पाँच सय रुपैयाँ लाग्ने भनेपछि सिफारिस नलिएर फर्किएको उनले जानकारी दिए।

यो विषयमा बुझ्न खोज्दा वडाध्यक्ष फर्साराम डाँगीले आफूलाई जानकारी नभएको बताए। ‘ यस्तो कुरा हामीलाई जानकारी हुन्न, सचिवलाई सोध्नुहोस्।’

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष रवि बुढाथोकीले सिफारिस दिए वापत कुनै पनि रकम लिने निर्णय नगरेको बताए।

वडा नं. २ का वडा सचिव टोपबहादुर घर्तीसंग यसबारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।

साभार : सेतोपाटी