२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसका आमन्‍त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको गएराति घरमै निधन भएको छ ।

उनमा सुगर र प्रेसर रोगको समस्या थियो । केसीको ६३ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उनी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुन् ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा उनी सफल थिए ।