२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कांग्रेसको १४औं महाधिवेशन २०७८ जेठमा !

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी जेठमा गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रस्ताव आएको छ। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएका मागसहितका विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा फागुन ७ देखि १४ औं महाधिवेशन सम्भव नभएको भन्दै जेठका लागि नयाँ मिति तोक्न प्रस्ताव गरेका हुन्।

आगामी फागुन ७ देखि १४ औं महाधिवेशन गर्न सम्भव नरहेको जिकिर गर्दै छलफलमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भनेका थिए,‘जेठमा महाधिवेशन गर्नेगरी मिति तोकौ।’ फागुनमा महाधिवेशन गर्न अहिलेसम्म जिल्लाबाट केन्द्रिय कार्यालयमा क्रियाशील सदस्यता आइसक्नुपर्ने धारणा राख्दै सिटौलाले सम्भव नभएका विषयमा सम्भव छ भनेर बस्न नहुने धारणा राखेका थिए।

संगठन समायोजन, क्रियाशील सदस्यता वितरणसहितका काम समयमा नसक्ने जिल्लालाई महाधिवेशनमा सहभागि नगराउने गरी नयाँ मितिसहितको कार्यतालिका र्निधारण गरे मात्र जेठमा महाधिवेशन सम्भव रहेको सिटौलाको तर्क थियो। तर, संगठन समायोजन र क्रियाशील सदस्यताकै विषयमा छलफल केन्द्रीत हुँदा महाधिवेशनको नयाँ मितिका विषयमा थप छलफल नभएको छलफलमा सहभागि एक नेताले जानकारी दिए। गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण यसअघि सार्वजनीक गरिएको कार्यतालिका पूर्णरुपमा प्रभावित बन्न पुगेको छ। जसले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४औं महाधिवेशन उक्त समयमा नहुने निश्चित भएको छ। नयाँ मिति तोक्नका लागि कांग्रेसले कार्तिक २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।

गत फागुनमै कांग्रेसले विधानले दिएको चार वर्षे कार्यकाल गुजारीसकेको छ। त्यसयता विधानले दिएको अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने सुविधा कांग्रेसले प्रयोग गर्दै आएको छ। जुन समयपनि आगामी फागुनमा सकिंदैछ।तर, उक्त समयमा महाधिवेशन नहुने निश्चित भएपछि कांग्रेसले अब संवैधानीक व्यवस्था अनुसारको थप छ महिना समय लिनसक्ने छ। त्यस अनुसार उसलाई आगामी भदौसम्म महाधिवेशन गर्ने समय लिन सक्नेछन्।