फाइल तस्बिर ।
प्युठानमा झन्डै डेढ लाख नगदसहित १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
माण्डपी गाउँपालिका ३ लामाचौर स्थित शरद केसीको घरबाट गएराती दश जना जुवाडेलाई नगदसहित पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले १ लाख ६८ हजार ४० रुपैया नगद र १ गड्डी सहित दश जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।