२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रक्रिया सुरु

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन राख्न राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र शिक्षालयलाई अन्यत्र स्थानान्तरण गर्ने गृह कार्य सुरु भएको छ।

तिहारपछि राखिने हिउँदे अधिवेशनको बैठक बसाल्न राप्ती प्राविधिक शिक्षालयलाई प्रदेश सरकारलाई हस्तान्तरण र प्राविधिक शिक्षालाई अन्यत्र स्थानान्तरणको गृहकार्य सुरु भएको प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले जानकारी दिए।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिइभीटी) अन्तर्गत रहेको शिक्षालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारलाई हस्तान्तरण गर्न मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

राप्ती प्राविधिक शिक्षालय १६ विगाह जग्गामा फैलिएको छ । ३५ ओटा साना तथा ठूला पक्की भवन छन् । तीन सय मानिस अटाउन सक्ने सभाहल समेत रहेको छ ।

साभार  :देशसञ्चार ।