२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पाल्पामा कोरोनाबाट ४४ वर्षीय पुरुषको मृत्यु

लुम्बिनी मेडिकल कलेज प्रभासमा मंगलबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

कात्तिक ५ गते कोरोना भाइरस पुष्टि भएका उनमा निमोनियाको समस्या रहेको थियो । एक सातादेखि प्रभासमा रहेको कोभिड उपचार कक्षमा उपचार भइरहेको थियो । सुधार भएपछि आइसोलेसनमा बस्न घर रामपुर गएका रानालाई सोमबार राति पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो ।

योसंगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।