२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सल्यानको भेरी नदी किनारमा एक पुरूषको शव फेला

सांकेतिक तस्वीर ।

सल्यानको भेरी नदी किनारमा एक पुरूषको शव फेला परेको छ।

सोमबार राति कुमाख गाउँपालिका १ भित्री वन चौरस्थित भेरी नदीको किनारमा २७ वर्षीय पुरूषको शव फेला परेको हो।

मृतक जाजरकोट भेरी गाउँपालिका ४ का मधुबहादुर शाही हुन्। उनी करिब ९–१० दिन पहिले घरबाट निस्किएर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्षमण ओलीका अनुसार उनले नदीमा हाम फालेका थिए।

शवको पोष्टमार्टम तथा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटतर्फ पठाइएको प्रहरीले जनाएको छ।