२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

कोरोनाबाट थप २० को मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको हो ।

मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ३ हजार १ सय ४२ संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना रहेका छन् ।