२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पुण्य गौतम पक्राउ परे

भारतीय सेनाध्यक्ष नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ।

युट्युब च्यानलमा अन्तर्वार्ता दिएर चर्चा आउने गौतमलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ती उनले दिएका थिए। वृत्तले अन्य कुरा नखुलाएपनि गौतम पक्राउ गरिएको भने जनाएको छ।