२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

जगंलमा जनावरलाई रोक्न राखिएको तारमा करेन्ट लागेर मृत्यु

फाइल तस्वीर ।

बर्दियामा करेन्ट लागि घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बारबर्दिया नगरपालीका ७ हर्नवा बस्ने वर्ष ५३ का बाबुराम थारु रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गएको सोमबार राती डबल बहादुर बिकको घरमा गरीएको ग्रहसान्तीको सामाग्री सेलाउन गएका बाबुराम थारु, फिरुलाल थारु, गजेन्द्र शाही र नाम बहादुर शाही मध्येमा बाबुराम थारु जगंलमा जनावरलाई रोक्न राखिएको तारमा करेन्ट लागि सोमबार राती ८ बजे गम्भिर घाइते भएका थिए ।

उनको मगंलबार राती १२ बजे नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यृ भएको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।