२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुग्यो

पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ ।