२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प र वाइडेनबीच कडा भिडन्त

मंगलबार भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। अधिकांश राज्यहरुको नतिजा मोटामोटी रुपमा बाहिर आइसके पनि ८ वटा राज्यमा भने अझै यसै भन्न सकिने अवस्था छैन।

न्युयोर्क टाइम्सका अनुसार हालसम्म जोए बाइडेनले २ सय ३८ सिटमा जित निश्चित पारेको अनुमान गरिएको छ भने वर्तमान राष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले २ सय १३ सिटमा आफ्नो जित निश्चित गरिसकेका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनमा जित्न दुई सय ७० सिट आफ्नो पोल्टामा पार्नुपर्नेछ। अब ८ वटा राज्यबाट ९८ सिटको नतिजा स्पष्ट हुन बाँकी छ। खासगरी विस्कन्सिन, पेन्सेल्भेनिया, जर्जिया र मिसिगनको नतिजाले ट्रम्प र वाइडेनको भाग्य निर्धारित गर्नेछ।

अमेरिकामा कुल पाँच सय ३८ इलेक्टोरल भोटका लागि मतदान भएको हो।