२०७८ भाद्र २४ गते बिहिवार
२०७८ भाद्र २४ गते बिहिवार

कालीगण्डकी कोरिडोरको नवलपुर खण्डमा पहिरो, ५ मजदुरको मृत्यु

फाइल तस्वीर ।

नवलपरासी कालीगण्डकी कोरिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जना मजदुरको ज्यान गएको छ ।

नवलपुरको बुलिङटार गाउँपालिका खण्डमा कार्यरत कामदार हिजो बेलुका सुख्खा पहिरोमा पुरिएका थिए । ग्याभिनमा ढुङ्गा भरिरहेका पाँच जना मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर बुलिङटार गाउँपालिका वडा नम्बर चारका २० वर्षका गोपाल गरञ्जा, २० वर्षकै चेतबहादुर अस्लामी मगर, २० वर्षका ताराबहादुर लुङ्गेली, २८ वर्षका तुलबहादुर सारु र ४२ वर्षका सुनबहादुर पुलामीको ज्यान गएको रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख मल्लले बताउनुभयो ।

पहिरोमा परि दुई जना घाइते भएका छन् । २१ वर्षका कृष्ण लुङ्गेली र १९ वर्षका केवलसिंह लुङ्गेली मगर घाइते भएका र उनीहरुको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।