२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

पानीको समस्या हुँदा धारामा लुगा धुन र नुहाउन रोक

सल्यानको शारदा नगरपालिका वडा नं १४ ढारखानीमा पानीको चरम अभाव भएपछि स्थानीयले धारामा लुगा धुन र नुहाउन रोक लगाएका छन्‌।

वषौंँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ढारखानीका स्थानीयले पिउने पानी नै नपुग्ने भएपछि धारामा लुगा धुन र नुहाउन रोक लगाएका हुन्‌।  १४० घरधुरी रहेको उक्त गाउँमा स्थानीयवासीले पानीका लागि निकै कष्ट भोग्नु परिरहेको छ‌।

यो भन्दा पहिले लुगा धुने र नुहाउने गरेपनि अहिले पिउने पानी नै नपुगेपछि रोक लगाइएको स्थानीयले बताएका छन्‌। हिँउदको समयमा पानीको मुहान सानो हुने भएकोले खानेपानी अभाव हुन नदिन यस्तो उपाय अपनाएको हो ।

यस क्षेत्रमा खानेपानी सुविधा विस्तार गर्न अहिलेसम्म जिम्मेवार निकायले पहल नगरेको स्थानीयले बताएका छन्‌।