२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सवारी ज्यान मुद्दामा फरार घोराहीका कालिसराम चौधरी पक्राउ

सवारी ज्यान मुद्धामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतवाट सवारी ज्यान मुद्दामा १ महिना ७ दिन कैद र २ हजार रुपैया जरिवाना सजाय तोकिईका घोराही उपमहानगरपालिका वडा नं. १७ बस्ने २१ बर्षीय कालिसराम चौधरीलाई प्रहरीले बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

अदालतको फैसल्लापछि फरार रहेका चौधरीलाई खोजतलासका क्रममा बुधवार विहान घोराही उपमहानगरपालिका वडा नं. १७ क्वाडीमा लुकिछिपी हिडिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका चौधरीलाई प्रहरीले कारवार्हीका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अदालतले २०७६ फागुन २१ गते सजाय तोकेको थियो ।