२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

नदीमा डुबेर १५ महिने बालकको मृत्यु

रुपन्देहीको दानव नदीमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।

नदीमा डुबेर बुटवल उपमहानगरपालिका–१४ बेलबासका रेसम बुढा मगरको १५ महिने छोरा संगित बुढा मगरको मृत्यु भएको हो ।

दानव नदीमा अचेत अवस्थामा बालकलाई आफन्तले फेला पारेका थिए ।

बुटवलस्थित लुम्बिनी नर्सिङ होममा ती बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए ।