२०७८ भाद्र १६ गते बुधवार
२०७८ भाद्र १६ गते बुधवार

पाल्पामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिकाका ४७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

कात्तिक १८ गते अस्पताल भर्ना भएका उनको बुधबार स्वाब संकलन गरिएको थियो । बुधबारै मृत्यु भएका उनको बिहीबार रिपोर्ट आउँदा कोरोना पुष्टि भएको थियो । परिवारका अनुसार ती व्यक्तिलाई पहिल्यैदेखि मधुमेहको समस्या थियो ।

आफन्तले भने अस्पतालले लापरबाही गरेकाले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई अस्पतालले सामान्य तरिकाले उपचार गरेको उनीहरूको भनाइ छ ।

यससँगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।