२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा

साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली कयापिटल्सलाई ५७ रन अन्तरले पराजित गर्दै मुम्बई उपाधि नजिक पुगेको हो ।

दिल्लीले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । मुम्बई अब लगातार दोस्रो पटक उपाधि जित्नबाट एक जित मात्र टाढा छ ।

उता क्वालिफायरमा पराजित भएपनि दिल्लीले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ । शुक्रबार हुने सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ ।

सर्वाधिक चार पटकको च्याम्पियन मुम्बई फाइनल पुगेको यो छैटौं पटक हो । सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । यस्तै २०१५, २०१७ र २०१९ मा पनि मुम्बई च्याम्पियन बनेको थियो ।